बिहारको सिको गर्दै प्रदेश सरकार, मदिरा बिक्री प्रतिबन्ध गर्ने तयारी

प्रदेश २ मा मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । प्रदेश नम्बर २ का आठ जिल्लामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी प्रदेश सरकारले थालेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए । उनले यसको लागि कानुन बनाउने तयारी रहेको समेत बताएका छन् ।  ‘यस विषयमा प्रदेश सरकार र प्रदेश सभामा पनि प्रारम्भिक छलफल भएको छ’ यादवले भने। सरकारले अहिले आठ जिल्लामा अनुमतिप्राप्त उद्योग र पसलहरूको लगत सङ्कलन गरिरहेको छ। कानुन नै निर्माण गरेर मदिरा बिक्री प्रतिबन्ध लगाउने तयारी प्रदेश सरकारले गरेको हो।
कानुन नबन्दासम्म प्रदेश सरकारले गैरकानुनी रुपमा सञ्चालनमा रहेका उद्योग र पसललाई कारबाही गर्ने, भारतीय सीमादेखि २ किलोमिटर उत्तरसम्म मदिरा बेच्न नपाउने जस्ता निमय बनाई बिक्रीमा कडाई गरेको छ।

सीमावर्ती बिहार सरकारले सन् २०१६ अप्रिल १ बाट राज्यमा मदिरा उत्पादन तथा बिक्रीमा रोक लगायो। जसका कारण व्यवसायीको अर्बौँको लगानी डुबेको थियो। भने, राज्यले कर गुमाएको थियो।

तर नितीश कुमारको सरकारले मदिरामा रोक लगाएको दुई वर्ष बितिसकेको छ। बिहारमा मदिरा उत्पादन एवं बिक्री खुल्ला गर्न माग गरिए पनि निर्णय भएको छैन। बिहारमा प्रतिबन्धपछि सीमावारि नेपालमा मदिराको व्यापार करिब ३० प्रतिशतले वृद्धि भएको थियो । उनले प्रदेश सरकारले बिक्री प्रतिबन्ध लगाए आन्दोलन गर्ने चेतावनी समेत दिए।

Related posts

Leave a Comment