विदेशका जेलमा रहेका नेपालीले निशुल्क कानुनी सेवा पाउने, यस्तो छ सरकारको तयारी

विदेशका जेलमा रहेका नेपाली कामदारले राज्यको तर्फबाट निःशुल्क कानूनी सहायता पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेशस्थित जेलमा रहेका नेपाली कामदारको प्रतिरक्षाका लागि कानूनी सेवा प्रदान गर्ने जानकारी दिएका हुन् । मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, ‘कतिपय निर्दोष नेपाली जेल सजाय भोग्न विवश छन् । त्यस्ता व्यक्तिको कानूनी प्रतिरक्षाका लागि राज्यले कानूनी सहायता गर्न जरुरी छ ।’ विदेशका जेलमा रहेका नेपाली कामदार कानूनी उपचार पाउन नसकेर थप पीडित बनेको भन्दै यस्तो योजना ल्याइएको हो । मन्त्री विष्टले भन्नुभयो, ‘सेवा शुल्क तिरेर पनि कानूनी सेवा प्राप्त गर्न नसक्नेहरुले राहत महसुस गर्ने छन् । उनीहरुले न्याय पाउनेछन् भन्ने कुरामा विश्वास राखेका छौं ।’
विज्ञताको अभावमा नेपाली कामदारले शर्त बमोजिम तलब सुविधा नपाउने गरेका छन् । त्यस्तै उनीहरुलाई रोजगारदाताले गैरकानूनी तरिकाले काममा समेत लगाउने गरेका छन् । श्रम, अर्थ, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको प्रतिनिधि रहने समितिले एक हप्तामा विधि टुंगो लगाएपछि प्रक्रिया अगाडि बढाइने छ ।

Related posts

Leave a Comment