अब नेताहरुले विदेशमा उपचार गराएको खर्च सरकारले नतिर्ने

अब विशिष्ट व्यक्तिको नाममा विदेशमा गरिने उपचारको खर्च सरकारले नब्यहोर्ने भएको छ ।

शुक्रबार बसेको संसद बैठकले विदेशमा गरिने उपचार खर्च नब्यहोर्ने व्यवस्था रहेको जनस्वास्थ्य विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

नयाँ संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखिएपछि उक्त हक कार्यान्वयनका लागि सरकारले कानून बनाएको हो । उक्त ऐन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

जनस्वास्थ्य विधेयकको दफा २९ मा ‘प्रचलित कानुनमा जे कुरा लेखिएको भएता पनि कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्नु पर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट व्यहोर्ने छैन’ भन्ने व्यवस्था राखिएको छ ।

Related posts

Leave a Comment