बजारमा छुटको पर्चा झुण्डाएर ग्राहक लुटिदैं (हेर्नुहोस् भिडियो)

चाडबाडको बेला नयाँ लुगा कपडा लगाउने चहाना सबैको हुन्छ । यही चाहना पुरा गर्ने क्रममा धरैलाई ठगिएको थाहै हुदैन । अझै दशैका बेला दिइने भनिएको छुटले धेरैलाई पसिना छुटाउछ । यो बेला व्यापारीहरु पनि धेरै व्यापार हुने र नाफा कमाउने होडबाजीमा हुन्छन् ।

राजधानीमा महंगो तथा सस्तो मुल्यका फुटपाथ पसलदेखि ठुला मलसम्म छन् ।  राजधानीका मूख्य चोक न्यू रोड, खिचापोखरी, असनका फुट्पाथ लगायत ठूला मलमा डिसकाउन्ट तथा सेल भन्दै प्रचार प्रसार गरिन्छ । दैनिक लाखौंको ब्यापार हुने यस क्षेत्रमा छुट दिने नाममा ग्राहकहरु ठगिने क्रम भने अझै रोकिएको छैन ।

दशै तिहारको अवसरमा भारी छुट भन्दै ठुलो छुटको घोषणा र अफर मार्फत ग्राहकलाई लोभ्याउने तर अंकित मुल्य नै बढाएर बढेको मुल्य छुट भन्दै ठग्ने गरेका छन ।

सिभिल मलमा सामान किन्दै गरेका बालाजुका महेश खड्का दशै तिहार भन्दा अन्य समयमा आफैले किन्ने गरेको  सामान  पनि चाडपर्वका बेला सोही मुल्यलाई डिस्काउण्टेड भन्दै झुक्काएको बताउछन ।

सधैजसो ग्राहकको भीड लाग्ने न्युरोड खिचापोखरी पुग्ने ग्राहकको गुनासो पनि उस्तै छ । न्युरोडमा भेटिएका थानकोटका नविन चौधरी भारी छुट भन्दै प्रचार गरिएको भए पनि समानको मुल्य भने अन्य समयभन्दा महँगो भएको गुनासो गर्छन । पसल बाहिर झुण्डाईएका डिस्काउन्ट कार्ड सिधै ठगीका हतियार भएको तिनकुनेका अर्को ग्राहक मञ्जरी अधिकारी र सरु थपाको गुनासो छ ।

Related posts

Leave a Comment