पशुपति क्षेत्र विकास कोषको करोडौँ आम्दानीको स्रोत गुम्दै (भिडियो सहित)

विमल खड्का टिभी अन्न्पूर्ण काठमाडौँ
पशुपतिनाथ मन्दिर नेपालका लागि मात्र होइन, विश्वभरकै हिन्दुहरूले पुज्ने पवित्र तीर्थस्थल मन्दिर । नेपाल भारतसहित जत्ति पनि हिन्दु धर्मावलम्बी छन् उनीहरूको आस्थाको केन्द्रबिन्दु । आराध्यदेव पशुपतिको दर्शन गरेपछि मात्र धर्म दर्शन पूरा भएको मान्छन् । तर, यही पवित्र भूमि पशुपतिभित्रै पूजाको लागि बेचिने फुलहरूमै दलाली हुने गरेको तथ्य भेटिएको छ । पशुपतिनाथ आसपासमा अव्यवस्थित रूपमा रहेका टराहरुबाट बेचिने गरेका पुल तथा अन्य सामानहरूमा व्यापारीहरूको बिगबिगीले पशुपतिनाथ क्षेत्र विकास कोषले हैरानसमेत व्यहोर्नु परेको छ ।
करिब १ सय ५० भन्दा बढी टहराहरू भएको पशुपतिनाथ वरपर फुलप्रसाद बेच्न तँछाडमछाड गर्ने व्यापारीहरू व्यापार गरेबापत पशुपति क्षेत्र विकास कोषलाई भाडा तिर्नुपर्छ भन्नेमा समेत अनविज्ञजस्तै छन् । बरु राजनीतिक दलको दलाली गर्ने सीमित व्यक्तिले टहरा बनाएको भन्दै पसलेमार्फत आफैले रकम असुल्ने गरेको समेत देखिएको छ । मन्दिर वरपर रहेका टहरे पसलका व्यापारीहरूले पशुपति क्षेत्र विकासलाई एक रुपैयाँ पैसा नतिरी आफ्ना हैकम जमाएर बसेका छन् ।

देशका विभिन्न जिल्लाबाट व्यवसाय सञ्चालन गर्न राजधानीमा आएका कैयौँ मानिसले पशुपति क्षेत्र वरपर टिनका टहराहरूबाटै दैनिक लाखैको कारोबार गरिरहेका छन् । तर दैनिक फुल प्रसाद र अन्य धार्मिक सामाग्री बेचेर लाखौँ कमाउनेहरु भने पशुपति क्षेत्रलाई भाडा तिर्नुपर्छ भन्ने समेत जानकार छैनन् । बरु दैनिक लाखौँ घाटामा चलेको पशुपति क्षेत्र विकास कोषले कहिलेकाहीँ भाडाको विषय उठाए यसलाई पाखुराकै भरमा वा राजनीतिक दलको आडमा थामथुम पार्ने गरेको स्रोत बताउँछ ।
पशुपतिनाथ क्षेत्र विकास कोषको रेकर्डमा सो क्षेत्रमा रहेका दुई सय पसलमध्ये २५ पसल बाहेकले भाडा नतिरी व्यापार गर्दै आएको छन् । मासिक ७ हजार ५ सय भाडा बुझाउनेगरि पशुपति क्षेत्र विकास कोषले २५ पसलबाट भाडा लिएको भए पनि सोही अनुपातमा अन्य दुई सय पसलबाट आउने भाडा उठाउन नसकेको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

लामो समयदेखि भाडा नतिरी बसेका पसलेहरूको कारण कोषको मोटो आम्दानीको स्रोत खेर गईरहेकाले अहिले पर्यटन प्रहरी र कोषका सुरक्षाकर्मीहरूको सहयोगमा उनीहरूलाई तत्काल हटाउने तयारी गरेको सुनाए । यहाँबाट हटेको व्यवसायीहरूलाई विकल्प स्वरूप कोषले सोही ठाउँभन्दा केही पछाडि बन्दै गरेका १ सय २५ टहरामा सार्ने तयारी छ । तर दुईसय बढीले रोजीरोटी चलाउदैं आएका टहरा पसल विस्थापित गर्न कोषले निर्माण गर्न थालेका सटर समेत प्रयाप्त देखिँदैन ।
२०७३ ÷७४ मा पशुपतिनाथ क्षेत्र विकास कोषको हाताभित्र सञ्चालित २ सय बढी पसलमध्ये भाडा बुझाउने २३ पसलबाट मात्रै ७० लाख ९१ हजार ८ सय ६४ रुपैयाँ आम्दानी गरेको छ ।

तर बाँकी रहेका १ सय ७७ पसलबाट हुनसक्ने वार्षिक झन्डै दुई करोड आउने स्रोतबारे कोष बेखबर जस्तै छ । पशुपति क्षेत्र कोष विकास कोषको प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी छन् । तर, दलहरूकै संरक्षणमा छाडेको साढेझैँ गर्जर्ने व्यापारीले हड्पेका टहराका कारण पशुपति क्षेत्र विकासको कोषको करोडको आम्दानीको स्रोत लावारिस पारिनुमा दोषी को ? यो जन जनको प्रश्न हो

भिडियो हेर्नुहोस्

Related posts

Leave a Comment