झगडामा महिलालाई गोली हान्ने धम्की दिने एक जना हतियारसहित पक्राउ

काठमाडौं महानगरपालिका–२६ टाउन प्लानिङबाट एक ब्यक्ति हतियारसहित पक्राउ परेका छन्। म्याग्दी मंगला गाउँपालिका–१ का ६० वर्षीय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ। धादिङ छत्रेदेउराली–९ की एक महिलासँग झगडा हुँदा पाईजाले आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भन्दै हतियार देखाएर धम्क्याएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related posts

Leave a Comment