जेएनयूको विद्यार्थी निर्वाचन परिणामः मुख्य पदमा वामपन्थी दल निकट संगठनको कब्जा

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको विद्यार्थी यूनियनको निर्वाचनमा प्रमुख चार पदमा वामपन्थी दल निकट विद्यार्थी संगठनले कब्जा जमाएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रमुख चारै वटा पदहरुमा वाम गठबन्धनले उठाएका उमेद्वारहरु विजयी भएका हुन् । १४ घण्टा मतगणना रोकिएपछि आइतबार साँझबाट मतगणना शुरु भएको थियो ।

मत परिणाम आएपछि सत्तारुढ भाजपा नजिकको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद एबीभीपीले आफूहरुलाई जानकारी नगराई मतगणना शुरु गराएको आरोप लगाएको छ । निर्वाचनमा वामपन्थी उमेद्वार एनसाई बालाजी स्ववियू अध्यक्षको पदमा विजयी भएका छन् । त्यस्तै विश्वविद्यालयको विद्यार्थी युनियनको उपाध्यक्षमा वामपन्थी उमेद्वार सारिका चौधरी चुनिदा सोही समूहका उमेद्वारहरु ऐजम अहमद राथर महासचिव र अमुथा जयदीप सचिवमा नियुक्त भएका छन् ।

वाम गठबन्धनमा अल इण्डीय स्टुडेन्ट एसोशियसन आइसा, स्टुडेन्टस् फेड्रेशन अफ इण्डिया एसएफआई, अल इण्डिया स्टुडेण्ट फेडेरेशन एआईएसएफ र डेमोक्रेटिक स्टुडेन्ट फेडेरेशन डीएसएफ नामका विद्यार्थी संगठनहरु थिए ।
हिजो एबीभीपीका समर्थकहरुले मतपत्र बाकस राखिएको स्कुल अफ इन्टरनेशनल स्टडिजको भवनमा लुटपाट गरेका थिए । त्यसपछि मतगणना अवरुद्ध भएको थियो ।

शुक्रबार भएको अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा ६७.८५ मतदाताले मत दिएका थिए, जुन सहभागीता विगत ६ वर्ष यताको सबैभन्दा बढी हो । निर्वाचनमा ५,००० भन्दा बढी विद्यार्थीहरुले मतदान गरेका थिए ।

जेएनयू विद्यार्थी युनियनको निर्वाचनमा वामपन्थी गठबन्धका उमेद्वारको अतिरिक्त एबीभीपी, कङ्ग्रेससम्बद्ध नेशनल स्टुडेन्टस् युनियन अफ इण्डिया९एनएसयुआई० र वाप्सका उमेद्वारहरु निर्वाचनमा सहभागी थिए ।

Related posts

Leave a Comment