बालिका बलात्कार प्रकरण: कञ्चनपुरमा गोली चलेको हल्ला मात्रैः एसपी बिष्ट

१३ वर्षिय बालिका निर्मता पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन अगाडी प्रदर्शन गरिएको छ ।
सोमबार मात्रै प्रहरीले घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षिय दिलीपसिंह विष्टलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।
सामाजिक सञ्जाल लगायत केही सञ्चार माध्यममा गोली चलेको भनी खवर सार्वजनिक भएपछि त्यो हल्ला मात्रै भएको एसपी डिल्लीराज विष्टले बताए ।
टिभी अन्नपूर्णसँगको कुराकानीमा एसपी विष्टले भने, ‘गोली चल्यो भन्ने हल्ला मात्रै हो, भिडलाई मत्थर पार्न प्रहरीले अश्रुग्यास फालेको हो ।’
१३ वर्षिय पन्तको घटनालाई ढाकछोप गर्न मानसिक सन्तुलन गुमाएको मान्छेलाई अपरधी सावित गरेको आरोप प्रदर्शनकारीको छ ।
आन्दोलनरत महिला अधिकारकर्मी, महेन्द्रनगर बजारका व्यापारीलगायतले बिहानैदेखि बजार बन्द गराएका छन्। उनीहरूले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन् ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको एसपी विष्टले बताए ।

Related posts

Leave a Comment