४ वर्षीय बालिका बलात्कारको आरोपमा ६५ वर्षीय वृद्द पक्राउ

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्द पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ का ६५ वर्षीय थारुलाई स्थानीयले पक्राउ गरी प्रहरीसमक्ष बुझाएका हुन्। शनिबार चार वर्षीया बालिकालाई मिठाई खान दिएर आफ्नै घरभित्र बलात्कार गर्दै गरेको गरेको अवस्थामा बालिकाको आमाले देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीयले प्रहरीलाई  बुझाएका थिए ।

१७ वर्षअघि श्रीमतीको मृत्यु भएपछि थारु छोरीको घरमा बस्दै आएका छन्। थारुलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment