बजारमा माग जति सुन अपुग

राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो ।बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ ।माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् ।तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ । ठुला ब्यवसायीले स्टक राखे पनि साना व्यापारी मार्कामा परेको हमाल बताउँछन् ।लगानी गर्न सक्नेले एक—दुई किलो स्टक राख्छन् , उनले भनिन् साना व्यवसायी निकै समस्यामा छौँ ।

Related posts

Leave a Comment