चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो अर्नाको पहिलो पटक बच्चा

कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा पाएको छ । प्रजाति संरक्षणका लागि ल्याइएको अर्नाले पहिलो पटक बच्चा जन्माएको हो ।

राष्ट्रिय निकुञ्जस्थित ईन्क्लोजरमा राखिएको अर्नाले विहीवार दिउँसो दुई बजे पाडी पाएको हो । संरक्षणसँगै संख्या बढाउनका ल्याइएको अर्नाले बच्चा जन्माउँदा संरक्षणकर्मी खुसी भएका छन् ।

अर्नाले बच्चा पाएपछि संरक्षणमा ठुलो उपलब्धि मानिएको छ । ‘ नयाँ बच्चा जन्मनु राम्रो संकेत हो’, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘बासस्थान के होला भन्ने लागेका बेला बच्चा पाएपछि हामी सफल भएका छौँ ।’

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको संख्या १० पुगेको छ । यसअघि दुई भालेसहित ९ वटा अर्ना थिए । निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्ष र तीनवटा सदर चिडियाखानबाट ल्याइएको थियो ।

तीमध्ये ९ वटा मात्रै बाँकी थिए । रहनसहन र खानपान नमिलेपछि चिडिया खानाबाट ल्याएका तीन अर्ना डेढ महिनामै मरेका थिए । त्यस्तै एउटा बाघको आक्रमणबाट र दुईवटा बाढीमा बगेर मरेका थिए ।

Related posts

Leave a Comment