अर्जुनचौपारी–पर्वत सडक कालोपत्रे गरिने मन्त्री महासेठको प्रतिवद्धता

स्याङ्जा ।

भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले अर्जुनचौपारी हुँदै पर्वत जाने सडक कालोपत्रे गरिने प्रतिवद्घता जनाएका छन् ।

अर्जुनचौपारी गाउँपालिकास्थित दरौंँखोलामा मोटर जाने पुलको उद्घाटन गर्दै उनले विकासलाई तीव्रता दिइने बताए । उनले अर्जुनचौपारीस्थित दरौँखोलामा रु पाँच करोड २२ लाख ९२ हजार ४०३ लागतमा निर्माण गरिएको पुलको उद्घाटन गर्नाका साथै अर्जुनचौपारी हुँदै पर्वत जोड्ने बाटाको समेत शिलान्यास गरे ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भारतीय पेन्सनरलाई पनि वृद्घभत्ता दिने बताउँदै सरकारले सबै प्रक्रिया पूरा गरेकालाई सामाजिक भत्ता उपलब्ध गराउने जानकारी दिए ।

उनका अनुसार अर्जुनचौपारी– आग्रीखर्क हुँदै पर्वत जोड्ने बाटाका लागि रु ११ करोडको बोलपत्र आह्वान गरिसकिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण मरासिनी र प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङलगायतले सम्बोधन गरेका थिए ।

Related posts

Leave a Comment