चीन अमेरिका व्यापार युद्दः अमेरिकाले लगायो दुई सय अर्ब डलर बराबरको थप आयात शुल्क

चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो ।

यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् । तर स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्क लगाइएको छैन जबकी यी बस्तुमा पनि अतिरिक्त शुल्क लाग्ने सम्भावना रहेको बताइन्थ्यो ।

यसअघि अमेरिकाले काठ, फर्निचर लगायतका बस्तुमा शुल्क लगाएको थिएन तर यसपटक लगाएको छ । यसको असर चीनका साथै अमेरिकाको फर्निचर बजारमा पनि पर्ने बीबीसीले जनाएको छ ।

यसैबीच चीनले यदि अमेरिकाले आयात शुल्क बढाएमा आफूले पनि त्यस्तै कदम चाल्ने चेतावनी दिँदै आएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भनेका छन्( यदि अमेरिकाले नयाँ आयात शुल्क लगाउँछ भने चीनले पनि आफ्नो हितको रक्षा गर्नुपर्ने हुन्छ ।

उनले अघि भने, दोस्रो कुरा यस व्यापार युद्धले कसैलाई पनि फाइदा हुँदैन । हामीले सधैं भन्दै आएका छौं कि एकअर्कालाई भरोसा तथा मानसम्मान गर्दै व्यापारिक मुद्दा आपसी छलफलबाट नै सुल्झाउनु ठीक हुन्छ ।’

Related posts

Leave a Comment