अमेरिकामा आइरहेको समुन्द्री आँधीका कारण धरैको ज्यान जान सक्ने चेतावनी

 

अमेरिकामा आउँदै गरेको फ्लोरेन्स नामको भिषण आँधी बाट ठुलो संख्यामा हताहती हुने भन्दै सचेत गराएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिकहुँदै आइरहेको समुन्द्री आँधी बाट मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी समेत दिएका छन् ।फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन् ।फ्लोरेन्स आँधीको रफ्तार १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।भर्जिनीया र केरोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने खतरा रहेको छ ।आँधीको रफ्तार केही कम भए पनि त्यसको कारणले हुन सक्ने बर्षामा भने कुनै कमि नहुने अधिकारीहरुको भनाइ छ ।मौसम वैज्ञानिकहरुले फ्लोरेन्सको बास्तविक असर स्थानीय समयअनुसार शुक्रबारको साँझ देखिने छ ।क्षतिको आशंकामा उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झण्ठै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ

Related posts

Leave a Comment