अमेरिकाद्वारा युक्रेनलाई २० अर्ब सहयोग

युक्रेनको रक्षा प्रणालीको सुधारका लागि अमेरिकाले २० अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। सैन्य प्रशिक्षण, सुचना प्रणाली, स्वास्थ्यमा सो सहयोग रकम खर्च गरिने पेन्टागनले जनाएको छ। यद्यपी सहयोग रकम कुनैपनि हतियार वा घातक वस्तुका लागी खर्च गर्न नदिइने अमेरिकाले स्पष्ट पारेको छ। यसअघि अमेरिकाले सन २०१४ मा पनि युक्रेनी रक्षा प्रणाली सुधारका १ खर्व रुपैयाँ सहयोग गरेको थियो। रुसले क्रिमियालाई आफुमा विलय गरेपछि युक्रेनले आफ्नो रक्षा व्यवस्थामा व्यापक सुधारको प्रयास गरिरहेको छ। क्रिमिया छुट्टिने क्रममा भएको हिसांमा १० हजार मानिस मारिएका थिए।

Related posts

Leave a Comment