आमा जस्तो क्रोएसियाली राष्ट्रपति, विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो ।

निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो गर्न लागे । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने, कोही रुन थाले, कोही निरास भएर मैदानमै लडिरहेका थिए । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश ।पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो ।

जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो ।पहिलो पटक विश्वकप उपाधि चुम्ने मौका गुमाए पनि राष्ट्रपति कोलिन्दाको अर्को हेर्न लायक पक्ष हिस्सी परेको उनको शैली पनि थियो ।‘विक्षिप्त राष्ट्रपतिले विश्वकपमा पराजित आफ्ना प्रत्येक खेलाडीलाई अंकमाल गर्दा उनको हिस्सी परेको न्यानो अभिभावकत्व प्रष्ट देखिन्थ्यो,’ । ‘राष्ट्रपति कोलिन्दाको यस्तो शैलीले स्टेडियममा उपस्थित र संसारभर टेलिभिजनमार्फत् क्रोएसियाको समर्थन गरिरहेका दर्शकलाई थप भावुक बनाएको छ,’ समाजिक सञ्जालमा भाइरल भएको अर्को प्रतिक्रियामा उल्लेख गरिएको छ । दोस्रो स्थानमा खुम्चिएको आफ्नो देशको राष्ट्रिय फुटबल टोलीका कप्तान लुका मोड्रिकसँग अंकमाल गर्ने क्रममा भने राष्ट्रपति कोलिन्दा भावुक भएकी थिइन्।

Related posts

Leave a Comment