अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा

अखिलेश कुमार यादव, रौतहट ।
घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मूल्य बराबरको मदिरा बनाउन प्रयोग गरिने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले रौतहटको गुजरा नगरपालिका ६ स्थित नदी किनारमा सञ्चालनमा रहेको भट्टी बाट दुइसय लिटर मदिरा, एकसय बोरा मदिरा बनाउन प्रयोग गरिने सख्खर लगायत ड्रम अन्य भाँडाकुँडा तथा तयारी मदिरा बरामद गरेको छ ।
नदी किनारमा लुकाएर भट्टी सञ्चालनमा रहेको सूचना पाएपछि गएको प्रहरीको टोलीले मदिरा सहित विभिन्न समानहरू बरामद गरेको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताएका छन् ।
मदिरा भट्टी संचालकहरु गुजरा नपा ६ का शम्भु साह र कटहरीया नपा ६ का सुरेश साह प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ ।
अवैध मदिरा नियन्त्रण गर्न गरुडा इलाका प्रहरी कार्यालयले अभियान नै थालेको छ ।

Related posts

Leave a Comment