पार्टीको नेतृत्व देउवाले होइन युवाले गर्नुपर्छ : गगन थापा (भिडियोसहित)

नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीको नेतृत्वमा युवा पुस्ता आउनुपर्ने बताएका छन् । अब देउवाले पार्टी चलाउन नसक्ने भन्दै अब युवाले त्यसको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस ईकाई समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले विभिन्न पार्टी लगायत हरेक क्षेत्रमा अब युवाले प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् । मुलुकको विकासका लागी नयाँ ढङ्गले अघि बढ्नुपर्ने भन्दै यसमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा पनि राखे ।
उनले युवा तथा विद्यार्थीहरूले अब रचनात्मक ढङ्गले प्रविधिको अधिकतम उपयोग गर्दे मुलुकलाई योगदान दिनुपर्ने तर्क राखे । अहिले सरकार आफ्नै ढङ्गले अघि बढिरहेको जिकिर गर्दे उनले सरकारको कामका आधारमा विरोध वा समर्थन गर्ने स्पष्ट पारे ।

भिडियो हेर्नुहोस्

Related posts

Leave a Comment