अब घरेलु श्रमिकले पनि सञ्चय कोष पाउने

घरेलु श्रमिकले पनि सञ्चय कोष जम्मा गर्न पाउने व्यवस्था मिलाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बुधवार श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सो कुराको जानकारी गराएका हुन् । औपचारिक क्षेत्रमा मात्र होइन अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको सूचीकृत गर्ने र प्रत्येक श्रमिकलाई दिने पारिश्रमिक बैङ्क खातामार्फत दिने व्यवस्था गरिन लागिएको छ,’ उनले भने, ‘प्रत्येक घरमा काम गर्ने श्रमिकले पनि सञ्चय कोष जम्मा गर्ने व्यवस्था मिलाउन सरकार अघि बढेको छ ।’वैदेशिक रोजगारीमा देखिएका बेथितिलाई हटाउन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको बताउँदै मन्त्री विष्टले धरौटी, उजुरी दिने समय, श्रम स्वीकृति, श्रम प्रमाणीकरण पत्रलगायतका सन्दर्भ ऐनमा समेटिने जानकारी दिए । रोजगारदाता कम्पनी, राहदानी विभाग, अध्यागमन विभाग, कूटनीतिक नियोग, तालीम प्रदायक संस्था, बीमा, वैदेशिक रोजगार विभाग, श्रम कार्यालयलगायतलाई केन्द्रीकृत गरी अबको १० दिनभित्र सम्पूर्ण कामलाई अनलाइनमार्फत गरिने व्यवस्था गर्न लागिएको बताइएको छ ।

Related posts

Leave a Comment