अब देखि प्रदेश सरकारलेनै कर्मचारीको खटनपटन गर्ने

अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा केन्द्रले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । अब हामी प्रदेश सरकारका लागि एकमुष्ठ कर्मचारी पठाउँछौँ’ उनले भने, ‘मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।’मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ । कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्म सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको उनले बताए ।

खटाइएका कर्मचारीको अध्ययन र असाधारण बिदाबाहेक अन्य बिदा काज स्वीकृत गर्ने, पुरस्कृत वा विभागीय कारबाही गर्नुपर्ने भए सिफारिस गर्नुपर्नेजस्ता अधिकार प्रदेश प्रमुख सचिवलाई प्रदान गरिएको छ । संगठन संरचनानुसार सातवटै प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् ।

Related posts

Leave a Comment