अब बागमतीको पानी काठमाडौँवासीले पिउनु पर्ने

अब देखि काठमाडौँवासीले बागमती नदीको पानी पिउनु पर्ने भएको छ ।शनिवारबाट  दैनिक थप ३ करोड लिटर पानी काठमाडौँमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण थालिएको हो ।सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महाकालको सङ्कलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो ।बागमतीको पानीलाई नयाँ ‘ट्रिटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरिनेछ । दसैँसम्म मलेम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याउने योजनामा साथ काम भइरहेको छ ।
काठमाडौँमा पानीको माग बढ्दै गएकाले सरकारले बागमतीको पानी वितरण लाइनमा थपेको हो ।यसले सर्वसाधारणलाई राहत पुग्ने दाबी खानेपानी तथा सरसफाइ मन्त्रालयको छ ।

Related posts

Leave a Comment