कुन क्षेत्रको मौसम आज कस्तो ?

देशका धेरै स्थानको मौसम सोमबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै स्थानको मौसम सामान्यतया बदली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविदले बताएका छन् । दिउँसो पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए । अहिले नवलपरासीबाट पश्चिम तथा नेपालगञ्जबाट पूर्वको क्षेत्रमा घना बादल लागेको छ ।

यस्तै दिउँसो देशका अरु केही ठाउँमा पनि ठूलो पानी पर्न सक्छ । दिनभर देशभरको मौसम बदलीको अवस्थामा रहने भएकाले गर्मी केही कम हुने मौसमविद रिमालले बताए । राति देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ ।

Related posts

Leave a Comment