फिल्म ‘निपुत्र’ सार्वजनिक

फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन रहेको ‘निपुत्र’ छोटो फिल्मको रुपमा निर्माण भएको हो । थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा फिल्ममा उठाइएको छ ।

फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ । लोकेन्द्रराज चौधरीको निर्माण, राजु राजदेव चौधरीको कथा रहेको फिल्ममा अनिल शाहको छायाँंकन, निरज कुमार चौधरीको सम्पादन छ । थारु समुदायमा जनचेतना फैल्याउने उदेश्यले फिल्म थारु भाषामा निर्माण गरिएको निर्देशक चौधरीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार