माधव नेपाल पक्षीय केन्द्रीय सदस्यबीच आज पनि छलफल

Sunrise Bank Middle Size

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको आज पनि छलफल जारी छ । बिहान ११ बजेबाट शुरू बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ ।

भर्चुअल माध्यमबाट भएको बैठकमा आफ्नो समूहलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी एकताको नाममा धेरै समय अलमलिन नहुने धारणा राखेका थिए ।

२०७५ जेठ २ को सांगठनिक संरचनामा पार्टीलाई लैजानका लागि अधिकतम् पहल गर्न जरूरी रहे पनि त्यसकै लागि अनन्तकालसम्म अलमलिन नहुने केन्द्रीय सदस्यहरूको भनाइ थियो । धेरै सदस्यहरुले जेठ २ मा फर्किने भनेर ओलीबाट फेरि छलछाम र धोखा हुने आशंका गरेका छन् । बैठकमा ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको स्रोतले बतायो ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...