कोरोनाले धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । ५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

२० दिनअघि कोरोना पुष्टि भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार