विराटनगरमा सांसद्को कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको सवारीको ठक्करबाट विराटनगरमा एक जनको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट मोड रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याएलगतै मृत्यु भएको थियो ।

कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते दुवै विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन् ।

प्रहरी स्रोतका अनुसार सांसद् कार्कीले प्रयोग गर्दै आएको सो गाडी उनका छोरा रोविन कार्कीले चलाएका थिए । तर घटना लगतै उनी फारार भएको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार