केहि खुकुलो बनाएर उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू

के खुल्ने, के नखुल्ने हेर्नुहोस्

काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर जेठ ३१ गतेसम्म थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ ।

जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । आजबाट खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलिएका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ ।

सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको छ । आजदेखि राति ९ बजेबाट बिहान ९ बजेसम्म वर्कसप पनि खोल्न दिइने भएको छ ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने छन् । अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार