नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

नेपाललाई अमेरिकी सरकारले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । उक्त खोप कोभ्याक्समार्फत नेपालले पाउने सुविधाअनुसार पठाइने बताइएको छ ।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख छ ।

नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने कुरा उल्लेख छैन । ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार