प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो । उनका अनुसार संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आइतबारका लागि अर्को इजलास तोकेका छन् ।

सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिर्वतन गरेर जाने सहमति जुटेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार