सिन्धुपाल्चोकमा श्रीमती हत्याको आरोपमा ४५ वर्षीय तामाङ पक्राउ

सिन्धुपाल्चोकमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । मेलम्ची नगरपालिका–११ धौलेका ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको हत्या आरोपमा ४५ वर्षीय दुर्गाबहादुर तामाङ पक्राउ परेका हुन् ।

दुर्गाबहादुरले श्रीमतिलाई लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार