केन्द्र सरकारलाई मुख्यमन्त्री राउतको चेतावनी- चुरेबारे वक्तव्य नसच्याए हामी आफै निर्णय लिन्छौं

प्रदेश नम्बर २ ले केन्द्र सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा समावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन आग्रह गरेको छ । अन्यथा चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने उसको चेतावनी छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार विज्ञप्ति निकाल्दै बजेट वक्तव्यलाई सच्याउन केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराईरमधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै उनले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले विरोध गर्नुपरेको बताउँछन् ।

केन्द्र सरकारले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मुल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी ब्यापार घाटा न्यूनीकरण गर्ने बताएको छ । यसको चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले चुरेरभावररशिवालिक र नदी प्रणाली बाहकका उपयुक्त क्षेत्र उत्खनन गर्ने नीतिगत दृष्टिकोण मात्र बजेटमा प्रस्तुत भएको स्पष्टीकरण दिएको छ ।

सम्बन्धित समाचार