थप ६ हजार ८२५ जनामा संक्रमण पुष्टि, ५ हजार ९०४ जना निको

नेपालमा बिहीबार थप ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ५८२५ जना र एन्टिजेन विधिबाट एक हजार जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ७ हजार ६ सय ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ५ हजार ९०४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार