खेतमा बिछ्याइएको तारमा करेण्ट लागेर महिलाको मृत्यु

Sunrise Bank Middle Size

डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...