एमाले संस्थापनको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मलाई स्थगित

नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।

आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिव तामाङले बताए ।

यसअघि बिहीबार बिहान एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार