कैलालीमा कालो ढुसी संक्रमणबाट एक पुरुषको मृत्यु

कैलालीमा म्यूकोर्माइकोसिस अर्थात कालो ढुसी संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया- ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको कालो ढुसी संक्रमणबाट आज मृत्यु भएको हो ।

जेठ १७ देखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बिहीबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् । कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको उनले बताए । ती पुरुषको पिसिआर परिक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकको उपचारमा संलग्न डा. शेरबहादुर कमर ,डा. निशान भट्टराई र डा. अशोक श्रीपाईलीको टीमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार