गण्डकीमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् ।

जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त पत्रसँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढेको प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले उल्लङ्घन गरेका थिए । चालु बजेट अधिवेशनमा समेत सांसद थापाले काँग्रेस नेतृत्वको सरकार बनाउन आफूले सहयोग गर्न नसक्ने र गुरुङ नेतृत्वकै सरकार जोगाउनुपर्ने धारणा राखेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार