लिचीको दाना घाँटीमा अड्किँदा कञ्चनपुरमा ६ महिने शिशुको मृत्यु

लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने शिशुको मृत्यु भएको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

बुधबार दिउँसो शिशुको घाँटीमा लिचीको दाना अड्किएपछी महाकाली अस्पताल लगिएको थियो । उपचारको क्रमम उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमर थापाले बताए । बालकले आँगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार