दाङमा विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, एकको अवस्था गम्भिर

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

मंगलबार बिहान ५ बजे तुलसीपुर–१५ सरैया डाँडामा पब्लिक ज्ञानज्योती कलेजको रा १ ख ४३३ नम्बरको बस दुर्घटना हुँदा कक्षा १२ मा अध्यनरत तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो । घाइतेमध्ये किरण चौधरीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

Loading...