माओवादीमा हितराजलाई समानुपातिक सांसद बनाउने सहमति

नेकपा माओवादी केन्द्रमा समानुपातिकबाट पुरुषतर्फ हितराज पाण्डेलाई प्रतिनिधि सभामा पठाउन सहमति जुटेको छ । यस्तै अर्को पुरुषका बारेमा सहमति जुट्न सकेन । प्रत्यक्षतर्फ १८ सिट पाएको माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ । माओवादीले त्यसमध्येमा १२ जना महिला पठाउनै पर्छ भने बाँकी २ जनामा पुरुष पनि पठाउन सक्छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार