नेपालमा कोरोनाको भ्याक्सिन : आकाशको फल …?

रुसले बनायो , चीनमा परिक्षण

रुस आधिकारीक रुपमा कोरोना बिरुद्धको भ्याक्सिन दर्ता गर्ने संसारकै पहिलो देश बनेको छ । भ्याक्सिनको पहिलो डोज रुसी राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीलाई दिइएको छ । जसले शरीरमा अपेक्षित काम गरको रुसी बैज्ञानिकहरुको दाबी छ । परिक्षण सफल भएसंगै रुसले  विभिन्न देशहरुबाट भ्याक्सिनको माग भइसकेको जनाएको छ । रुसले कोरोना भाइरसको भ्याक्सिन अक्टोबर महिनादेखि सर्वसाधारणमा प्रयोगमा ल्याउने जनाइसकेको छ । रुसबाहेक अमेरिका र युरोपमा पनि भ्याक्सिनको विकास हुँदैछ । सम्भवत सन् २०२१ को शुरुवात सम्ममा भ्याक्सिन विकास गरी प्रयोगमा ल्याइने अनुसन्धानमा संलग्न संस्था र बैज्ञानिकहरुको अनुमान छ । चीनले आफ्नो प्रयोगशालामा विकास गरेको भ्याक्सिनको परीक्षण प्रयोग सैनिक र स्वास्थ्यकर्मीमा कोरोना शुरु गरिसकेको छ ।

तर, आर्थिक रुपमा विपन्न देशहरुले भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ? यो गम्भीर प्रश्न बनेको छ । संसारका शक्ति सम्पन्न राष्ट्रहरुले खोपको नजीक पुगेको बताइरहँदा नेपालमा भ्याक्सिन कहिले आइपुग्ला ? अहिले आम चासोको विषय बनेको छ । संसारका विकसित एवं आर्थिक हिसाबले  सम्पन्न मुलुकहरु  अहिले नै भ्याक्सिन प्रयोग गरेर ढुक्कसाथ आर्थिक तथा सामाजिक गतिविधिमा पुनः सक्रिय हुने तयारीमा पुगिसकेका छन् । धनी देशहरुमा सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने महत्वाकांक्षी योजना अनुसार काम भइरहेको छ । तर, आर्थिक रुपमा पछाडि परेका देशहरुका लागि भने सन् २०२१ को अन्तसम्ममा मात्र भ्याक्सिन उपलब्ध गराउन सकिने  विश्व स्वास्थ्य संगठन डब्लुएचओले  योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन छ ।

यो भ्याक्सिन कहिलेबाट सर्वसाधारणको प्रयोगका लागि बजारमा आउला भन्ने यकिन गर्ने आधार त  छैन । तर अझै ट्रायलकै फेजमा रहेकोले बजारमा आएपनि  यो भ्याक्सिन  सबैभन्दा पहिला धनी देशकै हातमा पर्ने पक्का छ । त्यसका लागि अमेरिका रुस, बेलायत लगायतका धनी देशहरुले अनुसन्धानका लागि संस्था र विश्वविद्यालयहरुसंग  अर्बौैंको सम्झौता गर्दै आएका छन् ।

नेपालले भने अहिलेसम्म भ्याक्सिनको विषयमा सोच्नै सकेको छैन । नेपालका जनस्वास्थ्यविदहरु कोरोना भ्याक्सिन नेपालले किन्नै नसक्ने बताउँछन । महामारी नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्री किन्न नसकेर दाताको भर परिरेहको अवस्थामा भ्याक्सिन किनेर आम सर्वसाधरणलाई लगाउने कुरा तत्काल सम्भव नहुने उनिहरुको तर्क छ ।  परिक्षणका लागी “एउटा पीसीआर मेसिन किन्न त दातासँग सहयोग माग्नु परिरहेको छ । यस्तो अवस्थामा अर्बौं खर्चेर भ्याक्सिन किन्ने भन्ने निकै टाढाको कुरा हो एक जनस्वास्थ्यविद् भन्छन् । नेपालमा विश्वबजारमा आएको केही वर्षपछि मात्रै अनुदानमा आउने भ्याक्सिन पर्खेर बस्नुपर्ने अवस्था आउने धेरैको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार