सकियो माओवादी पदाधिकारी बैठक, समानुपातिक सांसदको विषयमा भोलि छलफल हुने
'सरकार निमार्ण र गठबन्धनकाे विषयमा छलफल'
काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको हो ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।