मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते

काठमाडौं– चितवनमा मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार