सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यस्तै, चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार