इलोन मस्को ताज खोसियो, अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

काठमाडौं । फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका छन् । यसका एक नम्बर धनाढ्य इलोन मस्कलाई पछि पादै ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । इलोन मस्क दोस्रो स्थानमा छन् ।

अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् । फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार यो समाचार तयार पार्दासम्म लागि बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८६.३ बिलियन डलर र ट्विटरका नयाँ मालिक एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो ।

इलेक्ट्रिक कार कम्पनी टेस्लामा मस्कको सेयरको मूल्यमा तीव्र गिरावट आएको छ । सामाजिक सञ्जाल प्लेटर्फम ट्वीटर ४४ अर्ब डलरमा किनेपछि पनि मस्कको सम्पत्तिमा कमी आएको हो । टेस्ला मालिक मस्क सेप्टेम्बर २०२१ देखि शीर्ष स्थानमा छन् । त्यसपछि मस्क दोस्रो स्थानमा झरेको यो पहिलो पटक हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार