यस्तो रहनेछ आजको मौसम

मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार