चोलेन्द्रविरुद्धको महाभियोग निष्प्रभावी गर्ने संसदको पत्रविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने संघीय संसदको पत्रविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । सर्वोच्च अदालत बारले बुधबार दिउँसो रिट पेस गरेको हो ।

संघीय संसद्‌का महासचिव भरतराज गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले रिट दायर गरेको हो ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसद् सचिवालयका महासचिव गौतमको गैरकानुनी कदमविरुद्ध रिट दायर गरेको बताए । रिटमा महासचिव गौतमका साथै संसद्‌ सचिवालयलाई पनि विपक्षी बनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार