सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं– सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका-५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बुधबार दिउँसो को ९ प ६१ ६३ नम्बरको मोटरसाइकल र को १२ प १५ ५९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार