धर्नामा बसेका वकिललाई पूर्वमहान्यायाधिवक्ताको प्रश्न : नेताको चाकरी कहिलेसम्म ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वोच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् ।

कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वोच्च अदाललत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वोच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका छन् ।

यसरी धर्नामा बसेका कानुन व्यवसायीलाई पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाईं कति ठिक भन्दै प्रश्न गरेका छन् ।

‘विद्वान भनिने वकिलले जोकर हुनु कति ठिक रु चोलेन्द्र ठिक छ्न भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठिक ?,’ उनले फेसबु्कमा लेखेका छन् ।

कानुन व्यवसायीलाई सम्बोधन गर्दै संग्रौलाले फेसबुकमा लेखेका छन् :

आदरणीय वकिल मित्रहरु,

चोलेन्द्रजीको महाअभियोगका बारेमा आफ्ना नेताज्युहरुलाई सोध्न जानुहोस् । अदालतलाई बेथितिको दलदलमा हाल्ने न्यायाधीश र प्रधानन्यायाधीशलाई आफ्नो स्वार्थअनुसार माया गर्ने र लखेट्ने नेता र उनका झोला बोक्ने वकिलकै कारण अदालत ध्वस्त भयो । यसका विरुद्ध अब जनता नै उठ्ने बेला भयो । तपाईंका नेताले क्लिन चिट चोलेन्द्रजीलाई दिए । तपाइँहरु ढोका रुंगेर उभिनु भएको छ । नारा कसकाविरुद्ध लगाउनु हुन्छ ?

विद्वान भनिने वकिलले जोकर हुनु कति ठिक रु चोलेन्द्र ठिक छ्न भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठिक ?

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार