सुर्खेत– नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।
चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल रहेको बताइएको छ । जहाज सिमकोट विमानस्थल अवतरण गरेको छ ।