काठमाडौं । नेपाल बार एशोशिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्रमाथि प्रश्न उठाएका छन् । बारको वैठक चलिरहँदा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने भन्दै जबरालाई सर्वोच्च फर्किन नदिने बताएका हुन् ।
संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात निलम्बित प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबरा सर्वोच्च फर्कने तयारीमा छन् । यस विषयमा निर्णय लिन बारको आकस्मिक बैठक अहिले जारी छ ।